एनएमबी बैङ्कद्वारा प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण

चैत्र २७, धनगढी। एनएमबी बैङ्कले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराएको छ। बैङ्कले कोभिड–१९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त पीपीई आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो। 

एनएमबी बैङ्क प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रूपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ती सामाग्रीहरू हस्तान्तरण गरे। सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरू तथा उच्चस्तरीय पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।   

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबी बैङ्कले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरू आरम्भ गरेको छ। सामाजिक उत्तरदायित्व अनुसार एक सय थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको एनएमबी बैङ्कका धनगढी शाखा प्रबन्धक अमन जोशीले जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा एनएमबी बैङ्कका सात वटा शाखा रहेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *