सनराइज बैंकको नयाँ क्यालेण्डर सार्वजनिक

चैत्र २८, काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ वर्षको क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको हो । बैंकको क्यालेण्डरमा Discovering Nepal विषयवस्तु समावेश गरिएको छ । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने निधो गरेको छ । सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइट –https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf वाट हेर्न र डाउनलोड गर्न सकिने छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र वर्क फर्म होम लाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फरेन्स मार्फत सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *