भारतमा कोरोना संक्रमणबाट एक वर्षीय बालकको मृत्यु, २३ दिने शिशु पनि संक्रमित
मकालु खबर
२०७६ चैत २६ गते
सांकेतिक तस्विर
चैत्र २६, नयाँ दिल्ली । भारतको तेलंगानामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट १ वर्षीय बालकको मृत्यु भएको छ ।
संक्रमणबाट ज्यान गुमाएको बालक भर्खरै १४ महिना पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भारतमा कोरोना संक्रमणबाट बालकको मृत्यु भएको यो पहिलो पटक हो ।
यस्तै २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट मंगलबारसम्म ज्यान गुमाउनेको संख्या १ सय २४ पुगेको छ भने ४ हजार ७ सय ८९ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३ सय ५२ जना उपचारपछि निको भएका छन् ।
मकालु खबर
२०७६ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित