सनराइज बैंकद्वारा पीपीइ हस्तान्तरण

चैत ३०, काठमाडौं । सनराइज बैंकले प्रदेश १ र प्रदेश ५ अन्तर्गतका बैंकका प्रादेशिक कार्यालय मार्फत पीपीइ वितरण गरेको छ । बैंकको प्रदेश  ५ अन्तर्गतको प्रादेशिक कार्यालयले २५ थान पीपीइ प्रदेश न. ५ का मुख्यमन्त्री ईश्वर पोखरेललाई हस्तान्रण गरेको छ ।   

यस्तै, प्रदेश नं १ अन्तर्गतको प्रादेशिक कार्यालयले बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई ३३ थान पीपीइ हतान्तरण गरेको छ । यहीँ चैत्र २८ गते बैंकको प्रादेशिक कार्यालय प्रमुख विबेक निरौलाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो पीपीइ हस्तान्तरण गरेको बैंकले जनाएको छ ।   

कोरोना भाइरसको संक्रमण बाट स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा हुनसक्ने जोखिमबाट बच्नकोलागि उक्त उपकरण प्रदान गरेको प्रदेश १ स्थित कार्यालय प्रमुख निरौलाले बताए  ।   

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पीपीइ उपलब्ध गराई सकेको छ  । अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *