फिलिपिन्समा ‘लकडाउन’ उल्लंघन गर्नेलाई गोली हान्न आदेश

चैत्र २०, एजेन्सी। फिलिपिन्समा लडकाडउन उल्लंघन भए गोली हान्ने आदेश दिइएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएका हुन्।   

बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन्। ‘प्रहरी र सेनालाई मेरो आदेश छ, यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नू’ बुधबार देशबासीका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘म उनीहरूलाई गाड्न तयार छु।’ 

बुधबार मनिलाको एक बस्तीमा खाना नपाएर आन्दोलन गरिरका बासिन्दाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि राष्ट्रपितको यस्तो वक्तव्य आएको हो। उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन्। फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *