एनआईसी एशियाले ग्राहक तथा कर्मचारीलाई संक्रमणबाट बचाउन अपनायो सुरक्षाका उपाय

चैत्र ३०, काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरस(कोभिड १९) संक्रमण जोखिम न्युनिकरण गर्न विभिन्न नयाँ उपाय अपनाएको छ ।   

सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिएअनुसार बैंकल पनि संक्रमण न्यूनिकरणका लागि सतर्कताका विधिहरू अपनाई सेवाहरूलाई निरन्तरता दिएको हो ।   

विश्व महामारीकोरुपमा फैलिइरहेको कोरोना भाइरसबाट ग्राहक तथा कर्मचारीहरुलाई संक्रमण जोखिमबाट बचाउन बैंकले सुरक्षाका उपाय अपनाउँदै आफ्नो सेवालाई पनि रिन्तरता दिँदै आएको छ ।   

null

स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकलाई सेवा दिइरहेको छ । 

यस्ता छन् बैंकले अपनाएका सुरक्षाका उपाय   

क. ग्राहक महानुभावहरूमा अपनाईएका सुरक्षाका उपायहरूः 

-बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोभिड १९ संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको । 

-बैंकले सेवा दिइरहेका शाखा कार्यालयहरूमा ग्राहक महानुभावहरू पुग्नुभन्दा २ घण्टा अगावै ग्राहक महानुभावहरूको चहलपहल हुने क्षेत्र तथा कर्मचारीहरूको कार्यक्षेत्र सम्पूर्ण रुपमा कोभिड १९  प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने गरिएको । 

-शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउनुहुने ग्राहक महानुभावहरूलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको । 

-बैंकले हालसम्म आंशिक रुपमा सेवाहरू सुचारु गरिसकेको अवस्थामा सेवा लिन आउनुभएका ग्राहक महानुभावहरूलाई यथाशक्य थर्मल गन को सहायताले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको । 

-ग्राहक महानुभावहरूलाई सेवा लिन आउँदा सामाजिक दुरी कायम राख्न लगाउने व्यवस्था गरिएको । 

-शाखामा पुग्नुभएका ग्राहक महानुभावहरूलाई सकेसम्म विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न आग्रह गरिनुका साथै यसको लागि बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको ।   

-शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । 

-ग्राहक महानुभावहरूको बैंकिङ्ग कार्यमा समस्या आएको खण्डमा सो को समाधानका लागि बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको । 

ख. एटिएममा अपनाईएका सुरक्षाका उपायहरूः 

-ग्राहक महानुभावहरूले एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको । 

-प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड १९ प्रतिरोधक हुने गरी डिस्इन्फेक्सन औषधी छर्किने व्यवस्था गरिएको । 

-एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको । 

-एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको । 

ग. कर्मचारीहरूमा सुरक्षाको निम्ति अबलम्बन गरिएका उपायहरूः 

-बैंकले विश्व जगतमा कोरोना संक्रमणको अवस्था देखिए देखि नै स्टाफ एडभाइजरी जारी गरि आफ्ना कर्मचारीलाई उच्च सतर्कता अपनाउन संचार गरिरहेको । 

-कार्यालयमा उपस्थित कर्मचारीहरूले मास्क, पन्जा तथा स्यानिटाइजर लगाएर ग्राहक महानुभावहरूलाई सेवा दिने व्यवस्था बैंकले गरेको । 

-नोटको प्रयोगबाट कोरोना भाइरस जस्तो महामारी फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै बैंकले ग्राहक महानुभावहरूबाट प्राप्त नगद रकमलाई समेत तुरुन्त डिस्इन्फेक्सन गरेर जम्मा गर्ने व्यवस्था गरेको । 

-सेवामा रहनुभएका कर्मचारीहरूलाई बैंकले सवारीमार्फत घरसम्मै लिन र छोड्न जाने सुविधा बैंकले प्रदान गरिरहेको । 

-यस विपतको समयमा परिवारभन्दा अलग रहेका वा लकडाउनले गर्दा विभिन्न स्थानमा रोकिएर रहेका कर्मचारीहरूलाई लकडाउनको कार्यविधि उल्लंघन नहुने गरी परिवार रहेको स्थानसम्म उच्च सावधानीको साथ पु¥याउने व्यवस्था गरिएको । 

-यातायातका लागि प्रयोग हुने सवारी साधनहरूमा पर्याप्त मात्रामा डिस्इन्फेक्सन औषधी छर्किने तथा चुस्त सफाइको व्यवस्था गरिएको । 

-कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका कार्यक्रमहरूका साथै नेपालमा पहिलो कोरोना संक्रमित भेटिए देखि नै बैंकले कर्मचारीहरूलाई परामर्श दिइरहेको । 

-सामाजिक दुरी कायम राख्नका लागि बैंकले आपतकालीन कामका लागि बाहेक (एटिएम÷सूचना प्रविधि) कर्मचारीहरूलाई ‘वर्क फर्म होम’ को व्यवस्था गरिएको छ । साथै कार्यलय आउने कर्मचारीहरूलाई स्यानिटाइजर, मास्क, पन्जा जस्ता सुरक्षाका सामग्रीको प्रबन्ध गरेको । 

ल्कडाउनको अवधिमा पनि बैंकले कर्मचारीलाई घरबाटै काम गरेर भएपनि ग्राहकलाई सेवा दिइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *