प्राइम बैंक द्वारा कोरोना कोषमा एक करोड ७५ लाख सहयोग हस्तान्तरण

बैशाख ५, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल सरकार द्धारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा  रु।एक करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।  

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाइ उक्त रकम  हस्तान्तरण गरेका हुन्  ।  

बैकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *