आरडिटि पोजेटिभ देखिएको महिलाको स्वाब नेगेटिभ

बैशाख ८, चितवन । चितवनको रत्ननगरमा र्यापिड टेस्ट पोजेटिभ देखिएको एक महिलाको कोरोना भाइरस नेगेटिभ आएको छ । 

आइतबार रत्ननगर–२ कि एक महिलामा र्यापिड टेस्ट पोजेटिभ आएको थियो । भरतपुर कोरोना प्रयोगशालामा स्वाब जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।  

उनको दुई पटक स्वाब जाँच गरिएको थियो । यसअघि रत्ननगरका एक पुरुषमा पनि र्यापिड टेस्ट पोजेटिभ आउदा स्वाब नेगेटिभ आएको थियो ।  

Coronavirus disease 2019

स्वास्थ्य प्रमुख पौडेलका अनुसार रत्ननगरमा अहिले सम्म ९५ जनाको र्यापिड टेस्ट गरिसकेको छ । रत्ननगरमा १५० जना बिदेशबाट आएका थिए । सबै पालिकामा बिदेश बाट आएकाहरुको र्यापिट टेस्ट गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *