कांग्रेस नेता शाहीले गरे सुत्केरीलाई खाद्यान्न सहयोग

बैशाख १, कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुप्न्द्र जंग शाहीले कालिकोटकी सुत्केरी महिलालाई खाद्यान्न सहयोग गरेका छन् । सुत्केरी व्यथा लागेर काठमाडौं आएकी पचालझरना गाउँपालिका ३ की लालसरा परियारलाई नेता शाहीले खाद्यान्न तथा  नगद सहोग गरेका छन् ।   

लकडाउनका कारण घर फर्किन नपाएपछि समस्यामा परेकी थिइन् । चैत्र १० गते काठमाडौं आएकी उनलाई ११ गतेदेखिको लकडाउनका कारण काठमाडौंमै बस्नुपर्ने बाध्यता हुँदा खान बस्न समस्या परेको थियो । 

खाद्यान्न, पैसा सबै सकिएर सारै समस्या परेपछि उनले नेपाली काङ्ग्रेस नेता शाहिलाई समपर्क गरेर सहयोग माग गरेकी थिइन् ।   

सुत्केरी महिलाले फोन गरे पछि नेता शाहीले लालसरा परियार, उनका पति हंस परियार र छोराछोरीको लागि सो सहयोग गरेका हुन् ।   

शाहीले उनलाई लकडाउन अवधिभर अवश्यक सम्पूर्ण व्यवस्था गर्ने बताएका छन् ।  साथै लकडाउनको कारणले समस्यामा परेका अन्य परिवारईइ पनि आफुले सक्दो सहयोग गर्ने शाहीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *