केराखेतीमा झण्डैं २ करोडको क्षति

वैशाख ७, चितवन । चितवनमा पछिल्लो दुई दिन यता आएका हावाहुरी र असिनापानीले केराखेतीमा पनि क्षति पुर्याएको छ । 

हावाहुरीले रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा किसानले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्याएको चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले बताए । 

पन्तका अनुसार करिब ५० विगाहामा लगाइएको केराखेतीमा क्षती पुर्याएको छ । यकिन तथ्यांक नभएपनि झण्डैं २ करोड बराबरको क्षति भएको पन्तको भनाइ छ । हावाहुरीले पसाएका केरा, तयारी केरा र निस्कने बेला भएको केरामा क्षति पुर्याएको उनले बताए ।  

अबको दुई साताभित्र यहाँ केरा तयारी अवस्थामा हुन्छन् । अधिकांश किसानले केराखेतीको बीमा गरेका छन् । चितवनमा करिब २ हजार हेक्टर जमिनमा ७ सय भन्दा बढी किसानले केराखेती गर्दै आएका छन् । प्रत्येक वर्ष हावाहुरी र असिनापानीले क्षति पुर्याउने गरेपनि केराखेती विस्तार हुँदै गएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *