राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी
मकालु खबर
२०७७ वैशाख ८ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकबाट पारित दुवै अध्यादेश जारी गरेकी छन् ।
राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको हो ।
राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै दुबै अध्यादेश जारी भएको जानकारी गराएको हो ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यि दुवै अध्यादेश पारित गरी तत्काल राष्ट्रपतिकहाँ पुर्याइएको थियो ।
अध्यादेश आजै राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको छ ।
राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्को बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।
मकालु खबर
२०७७ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित