हिउँमा फसेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

काठमाडौं । १४ दिनअघि हिउँमा बेपत्ता भएका मजदुरहरुको आज (शुक्रबार) सकुशल उद्धार गरिएको छ ।

हिउँमा हराइरहेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि वैशाख १६ गते सकुशल उद्धार गरिएको हो ।

उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । उनी त्यहीँका मजदुर हुन् । हिँड्दै जाँदा एकाएक हिउँ परेपछि उनी हिँड्ने बाटो पुरियो र उनी सम्पर्कविहीन भए ।

हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार चलिरहेकाे छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *