सीमापारीबाट निर्वाध रूपमा आउन पाउनुपर्ने माग गर्दै प्रदर्शन

अंकुश कुँवर- कञ्चनपुर । सीमा क्षेत्रबाट फर्काइएका नेपाली नागरिकलाई नेपाल भित्र्याउनुपर्ने भन्दै आज कञ्चनपुरको पुनर्वासमा प्रदर्शन गरिएको छ । सीमा क्षेत्रमा पुगेर पनि फर्काइएका नेपाली नागरिकका आफन्तले उनीहरुलाई स्वदेश आउन दिनुपर्ने भन्दै लकडाउनको अवज्ञा गरेर प्रदर्शन गरेका हुन् ।

बिहीबार भारतको गुजरातबाट नेपाल फर्किन लागेका दुई नाबालकसहित सात जनालाई सुरक्षा निकायले फिर्ता पठाएको थियो । नेपाल प्रवेश गर्न नदिएको भन्दै स्थानीयले आज डेढ घण्टासम्म प्रदर्शन गरेका थिए ।

पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले भिडलाई तितरबितर पारेको थियो । कोरोना भाइरस सङ्क्रमण रोक्न गएको चैत्र ११ गतेदेखि नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द गरिएका छन् । स्थानीयले स्थानीय तहसमक्ष भारतबाट नेपाली नागरिकलाई निर्बाध रूपमा आउन दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *