ऋषि कपुरलाई अस्पतालमा भेट्न किन गएनन् अमिताभ ? खुलाए रहस्य !

काठमाडौं । बिहीबार क्यान्सरबाट पीडित बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भयो । कपुरलाई चिन्नेजति विश्वभरका सम्पूर्ण अभिनेता तथा कलाकारहरुले शोक मनाए ।

सामाजिक सञ्जालमा उनका तस्विरहरु ‘रिप’ सहित पोष्ट भए । बलिउडका कलाकारहरुले पनि उनीसँग बिताएका क्षणहरु स्मरण गरे, सामाजिक सञ्जालमा शोक व्यक्त गरे । अमिताभ बच्चनले पनि भावुक नोट लेखे सामाजिक सञ्जालमा । तुरुन्तै डिलिट पनि गरे ।

के थियो त त्यो नोटमा ? बिहीबार राति इन्स्टाग्राममा लेखेको सो भावुक नोटमा अमिताभले ऋषि बिरामी भएको बेला अस्पतालमा भेट्न नजानुको कारणबारे समेत खुलासा गरेका छन् ।

उनले लेखेका छन्– ‘म उनलाई भेट्न कहिल्यै अस्पताल गइनँ। म कहिल्यै उनको मुस्कानयुक्त अनुहारमा कुनै पीडा वा संकट देख्न चाहन्नथेँ । यो संसारबाट बिदा पनि उनले मुस्कुराउँदै, मुस्कुराउँदै मागेका थिए भन्नेमा म विस्वस्त छु।’

अमिताभले ‘अमर, अकबर अन्थनी’, ‘नसीब’ ‘कभी कभी’ र हालसालै ‘१०२ नट आउट’ जस्ता चलचित्रहरूमा चलचित्रमा उनीहरुले एकसाथ काम गरेका थिए ।

ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो। बलिउडले लगातार दुई हस्ती गुमाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *