‘पूँजीवादी ब्यवस्थाबाट मजदुरको अधिकार स्थापना संभव छैन’ प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले मजदुरहरुको समस्या समाधान र अधिकार स्थापनाको सवाल अव पूँजीवादी व्यवस्थाबाट संभव छैन भन्ने कुरा अकाट्य भएको ठोकुवा गर्दै मजदुरवर्गको अधिकार र समस्या समाधानको निम्ति मजदुरवर्गकै राज्य व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको बताएका छन ।

१३१ औँ विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रवक्ता प्रकाण्डले नेपाल र विश्वभरिका मजदुरहरुलाई आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको निम्ति समाजवादी क्रान्तिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न अपिल समेत गरेका छन ।

‘मजदुरहरुको रोजगारी पूँजीपतिहरुको स्वइच्छाचारिताको शिकार भएको छ । विगत पाँच महिना देखि विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाईरसका कारण संसारभरि लाखौँ लाख मजदुरहरुले रोजगारी गुमाईरहेका छन् । यसर्थ विश्वभरिका मजदुरहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाण्डले लकडाउन पछि नेपालमा मजदुरहरुको अवस्था निकै दयनिय भएपनि सरकार भने सत्ता संघर्ष र गुटबन्दीको खेलमा लिप्त भएको उल्लेख गरेका छन् ।

‘नेपालमा त मजदुरको अवस्था झन् दयनिय छ । दलाल पूँजीपति वर्ग र त्यसको संसदीय व्यवस्था चल्न थालेपछि त नेपालका मजुदरहरुको रोजगारी एकपछि अर्कोगरि धरापमा पर्दै गएको छ । कोरोना भाईरसको संक्रमणले देश बन्दावन्दीको अवस्थामा रहेकाले हजारौँ हजार मजदुरहरु बेरोजगार भएका छन् । सरकारी पार्टी र सरकार भने सत्ता संघर्ष र गुटबन्दीको बौलठ्ठीपूर्ण खेलमा लिप्त छ । राहत वितरणमा सरकार राजनैतिक र पक्षपाति खेल खेलीराखेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै विश्वभरीनै लाखौँ करोडौँ मजदुरहरु पुँजीवादी ब्यवस्थाले सिर्जना गरेको समस्याको चपेटामा परेको भन्दै नयाँ विश्वव्यवस्था बैज्ञानिक समाजवादी ब्यवस्था नै विश्वभरीका मजदुरहरुका समस्याको समाधानको उत्तम ब्यवस्था भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *