डेढ घण्टा पछि सर्‍यो नेकपा सचिवालय बैठक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ। शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक अब बेलुका साढे ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन्। बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। बुधवारको बैठकमा प्रधामन्त्रीले नयाँ प्रस्ताव अघि सारेपछि आजको बैठकको रणनीति तयार गर्न नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। त्यसपछि प्रचण्डले शुक्रबार वरिष्ठ नेता माधव नेपाललाई समेत भेटेका थिए। प्रचण्ड-नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न माग गरेपछि ओलीको उक्त प्रस्तावले नेताहरु अलमलमा परेका छन्।

केही समय अघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग पनि छलफल गरेका थिए। अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न शनिवार बस्ने सचिवालय बैठक निर्णायक हुने अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *