राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। शनिबार साँझ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओ‌ली शनिबार अपारन्ह साढे ४ बजे शितल निवास आएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। भेटको विषयवस्तुबारे आफूलाई थाहा नभएको उनले बताए। उनले भने, ‘यो नियमित भेटघाट हो।’

शनिबार ४ बजेलाई बोलाइएको नेकपाको सचिवालय बैठक साढे ५ बजेलाई सारेर प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए। अध्यादेश प्रकरणपछि नेकपाभित्र शक्ति संघर्ष चर्किँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँगको परामर्शलाई तीब्र बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *