शुरु भयो नेकपा सचिवालय बैठक
मकालु खबर
२०७७ वैशाख २० गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा केही बेर अघि सुरु भएको हो ।
पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने नगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
मकालु खबर
२०७७ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित