उपचारपछि निकाे भएर फर्किएका युवक पुनः अस्वस्थ, आइसोलेसन वार्डमा भर्ना
वीरगञ्ज । उपचारपछि निको भएर घर फर्किएका कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ रौतहटका १९ वर्षीय युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
ती युवक वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए । लगातार परीक्षणमा कोरोना पोजिटिभ रिपोर्ट नेगेटिभ देखिएपछि केही दिनअघि मात्रै उनलाई डिस्चार्ज गरिएको थियो ।
तर, उनलाई नेपाली सेनाको टोलीले रौतहटबाट पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेको छ। ती युवकको रिपोर्ट सन्देहपूर्ण भएकाले पुनः अस्पताल नै भर्ना गरिएको नारायणी अस्पताल स्रोतको भनाइ छ ।
चैतको दोस्रो साता भारतबाट आएर ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएको युवकमा वैशाख १ गते कोभिड १९ पोजेटिभ देखिएको थियो। वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।
पुनः स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो ।