वैशाख २६ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं । संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन सिफारिस गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गतेका दिन दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *