राष्ट्रपतिद्वारा वैशाख २६ गते दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २६ गते शुक्रबारका दिन दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *