महोत्तरीमा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्याे
मकालु खबर
२०७७ वैशाख २१ गते
काठमाडौं । महोत्तरीमा अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
स्थानीयका अनुसार दनुवार पनि बिहानसम्म बिरामी थिएनन् । अचानक बिरामी परेर उनको मृत्यु भएको हो ।शनिबार मात्रै २ जनाकाे मृत्यु भएकाे थियाे । मृतकमा एकै खालको लक्षण देखिएको छ ।
अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडापखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एकापसमा जोडिएका बस्तीमा अज्ञात रोगको प्रकोप फैलिएको हो ।
अहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्यहाँ चिकित्सकको टोली पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोगबारे पत्ता लाग्ने छ ।
मकालु खबर
२०७७ वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित