ट्रम्पका कुराः ‘यो वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन बन्नेछ’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोना भाइरसको भ्याक्सिन बन्नेमा आफू विश्वस्त भएको बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
कोभिड–१९ भ्याक्सिनबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मलाई विश्वास छ कि यो वर्षको अन्त्यसम्म हामीले यसले भ्याक्सिन पाउनेछौं ।’
यसैवर्ष सेप्टेम्बरमा स्कूल खुल्ला गर्नेबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मलाई केही उमेरदार शिक्षकको चिन्ता छ, जसलाई संक्रमणको अत्यधिक खतरा हुन सक्छ, तर स्कूल त खोल्नै पर्छ नि ।’
कोरोनाको विषयमा उनले डेमोक्रेटिक नेताको पनि आलोचना गरे र यो भाइरसका कारण स्थिती नराम्रो भए यो उनको राजनीतिक हितमा हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।
उनले अन्तर्वार्ताको क्रममा हाइड्रोक्सिक्लोरोक्विनबारे पनि कुरा गर्दै भने, ‘जुन कम्पनीले यो औषधी बनाउँछ त्यसमा मेरो कम्पनीको सेयर छैन । त्यसकारण यसको प्रयोगमा कुनै हानी छैन । यसमार्फत् कम्तिमा मानिसहरुको मृत्यु त भइरहेको छैन ।’