धुम्रपान छोड्न चाहनुहुन्छ ? अपनाउनुस् यी तीन उपाय
काठमाडौं । धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यसले हाम्रो छाला, कपालको साथसाथै मानसिक र शारीरिक स्वास्थ्यलाई समेत प्रभावित पार्छ ।
कुनै घटनाबाट सुरु हुने धुम्रपान गर्ने बानी कतिबेला लत बन्छ यो सेवन गर्ने व्यक्तिलाई थाहा नै हुँदैन । यो सजिलै छोड्न सकिने लत होइन । धुम्रपान छोड्नको लागि निकै कठोर निश्चय र दृढताको आवश्यकता पर्छ । धुम्रपानको कारण फोक्सोको क्यान्सर जस्ता थुप्रै प्राणघातक रोगहरु लाग्न सक्छन् ।
यदि स्वस्थ रहन र लामो आयु बाँच्न चाहानुहुन्छ र धुम्रपान छोड्न चाहानुहुन्छ भने सबैभन्दा पहिले धुम्रपान लत हो भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ । त्यसपछि छोड्ने बारेमा योजना बनाउनुपर्छ । धुम्रपानको लत लागेको लामो समय भएको छैन भने तपाईंले त्यो लतलाई विस्तारै छोड्न सक्नुहुन्छ तर यदि तपाईं चेन स्मोकर हो भने डाक्टरको सल्लाह तुरुन्तै लिन आवश्यक छ ।
धुम्रपान छोड्नको लागि परिवार र साथीभाईको सहयोग लिनुपर्छ । धुम्रपानबाट छुटकारा पाउनको लागि सहकर्मीसँग कुराकानी गर्नुपर्छ र उनीहरुको पनि मद्दत लिनुपर्छ । त्यसैगरी धुम्रपान गर्ने संगतबाट टाढा रहनुपर्छ ।
त्यतिमात्र होइन, कहिले काँही मानिसहरु भावनात्मक आवश्यकता पूरा गर्नको लागि पनि धुम्रपान गर्ने बानी लागेको हुनसक्छ । त्यसको लागि एक्लै बस्ने गर्नुहुँदैन । आफ्नो नजिकको मान्छेलाई आफ्ना भावनाहरु सेयर गर्ने र धुम्रपानलाई वेवास्ता गर्ने गर्नुपर्छ । एजेन्सी