लकडाउन अझै लम्बिन सक्ने सम्भावना

काठमाडौं। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सोमबार दिउँसो बस्ने भएको छ। बैठक दउँसो २ बजेका लागि बोलाइएको छ। बैठकमा ४२ दिनदेखि जारी लकडाउन थप गर्ने वा नयाँ मोटालिटीमा जाने विषयमा छलफल हुने बताइएको छ।

सुरक्षा निकायका प्रमुखहरुको आइतबार बसेको बैठकले लकडाउन बढाउनुपर्ने सुझाव दिएको छ। गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायत उपस्थिति रहेको थियो।

देशका अन्य क्षेत्रमा लकडाउनल केही खुकुलो गरे पनि भारतसँग सीमा जोडिएका जिल्लामा तत्काल लकडाउन खुकुलो गर्न नहुने सुझाव दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउनको अवधि थप गर्ने विषयमा छलफल भएको बताइएको छ।

तर छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकोले लकडाउन थप गर्ने वा नयाँ मोटालिटीमा जाने भन्ने विषयमा सरकार टुंगोमा पुग्न सकेको छैन। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ।

लकडाउन कसरी खोल्ने भन्ने विषयमा सरकारी संयन्त्रमा छलफल भइरहेको छ। उच्चस्तरीय समितिले सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालय दुवैसँग सम्भावित प्रस्तावहरू मागेर अन्तिम टुंगोमा पुग्ने गरी काम अगाडि बढाएको छ। तर लकडाउनको अन्तिम मोडल कस्तो हुने भन्ने निष्कर्ष निस्किसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *