लकडाउन खुकुलाे भएसँगै दिल्लीको मदिरा पसलमा लाग्यो लाइन

काठमाडौं । भारतमा लकडाउन लम्बिएको छ । पछिल्लो संक्रमणको अवस्थालाई मध्येनजर गर्दै १७ मेसम्म रेल, मेट्रो र विमान बन्द गर्ने भनिएको छ । खुकुलो पनि पारिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लकडाउन खुकुलो पार्दै मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको लामो लाइन देखिएको छ । सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको छ ।

स्‍वास्‍थ्‍य मन्त्रालयका अनुसार रेड जोनअन्तर्गत १३० जिल्ला, ओरेन्ज जोनअन्तर्गत २८४ जिल्ला र ग्रीन जोन अन्तर्गत ३१९ जिल्ला रहेका छन् । हरेक हप्तामा यसको आँकलन गरिन्छ र संक्रमितको केसअनुसार परिवर्तन हुन्छ ।

‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ ।

एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने एक मदिरा पसल बन्द गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *