संघीय संसदको महासचिवमा गौतम सिफारिस

काठमाडौं। संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

संघीय संसदको महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। यसअघि सभामुख अग्नि सोपकोटाले संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई नियुक्त गरेपछि विवाद भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *