कर्णाली प्रदेश एक हप्‍ता सिल, २७ ठाउँमा चिकित्सकसहितको टोली परिचालन गरिने

काठमाडौं । प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश एकसाताका लागि सिल गरिने भएको छ ।

छिमेकी प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिएपछि सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय गरेको हो।

बैठकले नाकाहरू पूर्ण रूपमा सिल गरी अत्यावश्यक औषधि र एम्बुलेन्सबाहेक अन्य कुराको आयात–निर्यातलाई बन्द गर्ने निर्णय गरेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशभर स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रमा २७ ठाउँका स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ । स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ ।

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *