सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
मकालु खबर
२०७७ वैशाख २२ गते
काठमाडौँ । कर्णाली प्रदेश सरकारले सोमबार राति (आज) १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रूपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ ।
प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदल मार्ग पूर्ण रूपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको हो ।
कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगन्ज क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको हो ।
मकालु खबर
२०७७ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित