भारतमा कोरोना संक्रमितकाे संख्या ४६ हजार नाघ्यो, २४ घण्टामा १९५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा गएकाे २४ घण्टामा ३ हजार ९ सय नयाँ संक्रमित फेला परेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेकाे पछिल्लाे तथ्यांक अनुसार गएकाे २४ घण्टामा मात्रै १९५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १ हजार ५६८ पुगेकाे छ ।

मन्त्रालयका अनुसार संक्रमितको संख्या हालसम्म ४६ हजार ४३३ पुगेको छ भने १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *