भियतनाममा यसरी विद्यालय पुगे विद्यार्थी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिम रोक्नका लागि गरिएको लकडाउनपछि ४ मेमा भियतनामका विद्यालयहरु खुले । विद्यालय खुलेपछि विद्यार्थीहरु सुरक्षित तवरले विद्यालय पुगेका छन् ।

देशमा हालसम्म करिब २७१ केस पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बढी प्रभावित युरोपका तीन देशमा संक्रमणबाट मृत्यु हुनेको संख्या घटेपनि विश्वभर भने संक्रमित र मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र मृत्युदरमा फ्रान्स, स्पेनमा र इटालीमा तुलनात्मक रुपमा घटेको छ । तर विश्वभर भने यसको नयाँ संक्रमण र मृत्यु हुनेको संख्यामा अझै कमि आउन सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ५२ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म २ लाख ५२ हजार ३ सय बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३६ लाख ४४ हजार ६ सयभन्दा बढी पुग्दा ११ लाख ९४ हजार ८ सयभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *