भारतबाट आएका खाली ट्रकमा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ

काठमाडौं । मोरङमा भारतबाट नेपाल छिरेको खाली ट्रकमा स्रोत नखुलेको १ करोड ९ लाख अवैध भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ । मोरङको रानी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा सो रकम फेला पारेको हो ।

भारतको सुपौलबाट आएको ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो । प्रहरीले ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *