मार्क्सलाई पुँजीवादी दुनियाँले पनि मानेका छन्ः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्स १ हजार वर्षयताकै महान् दार्शनिक भएको बताएका छन्। मार्क्सको २०२औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

सर्वहारा वर्गले मात्र नभएर पुँजीवादी दुनियाँले पनि मार्क्सको दर्शन र प्रतिपादित सिद्धान्तलाई मानेको प्रचण्डले बताए। उनले मार्क्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरेका छन्।

२१औं शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको बताए। विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरिखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै प्रचण्डले ती सबैको समस्या समाधान गर्न आग्रह गरे। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *