सनसिटीका कोरोना संक्रमित पुनः अस्पतालमा, स्वाब परिक्षण हुँदै

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका तीन जना पुनः पाटन अस्पताल पुगेका छन् । चिकित्सकको सल्लाह बमोजिम पुनः परिक्षणका लागि उनीहरु पाटन अस्पताल आएको अस्पतालका डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।

‘निको भएका व्यक्तिको पनि प्रोटोकलअनुसार पुनः परीक्षण गर्नुपर्ने भएका कारण फलोअपका लागि
उहाँहरु अस्पताल आउनुभएको हो’,  डा. शर्माले मकालु खबरसँग भने,  ‘उहाँहरुमा पुनः संक्रमण भएको भन्ने कुरामा सत्यता छैन ।’

डा. शर्माका अनुसार तीनै जनाको स्वाब परिक्षणका लागि पठाइएको छ, रिपोर्ट आज बेलुकी या भोलि आउने छ ।

गत चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते परीक्षणमा ८१ वर्षीया आमा र ५८ वर्षीय छोराको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए । ८१ वर्षीया वृद्धाकी बुहारीको भने नेगेटिभ रिपोर्ट आएको थियाे ।

उनीहरूमा संक्रमण पुष्टि भएपछि अपार्टमेन्टकाे ए ब्लकका सबैकाे र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो । संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ९८ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *