लकडाउनमा अपांगता भएकाहरूकाे पीडाः न खाना छ न उपचार

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । देशमा जारी लकडाउनले हुनेखानेहरुलाई खासै समस्या नभए पनि हुँदा खानेहरुलाई भने समस्या थपिदिएको छ । दिनप्रतिदिन लकडाउन अवधि थपिँदै जाँदा खाना त के कुरा उपचार गर्न समेत नपाउने अवस्थामा पुगेका छन् उपचारका निम्ति भौतारिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका समयमा ‘कोहि पनि भोको हुने छैन’ भनेका छन् । हजारौँ परिवारलाई करोडौ रुपैयाँ बराबरको राहत बाँडेको दाबी पनि छ उनको । तर, विपन्न वर्ग त्यसमा पनि अपांगता भएका मानिसहरु भने दैनिक छाक टार्न, औषधी उपचार गर्न समस्यामा परेको बताउँछन् ।

दैनिक ज्याला मजदुरीमा जीवन गुजारा गरिरहेका धनकुटाका टेकबहादुर बसबाट आएकाे आम्दानीले आफ्नो २ छोरा र २ छोरीको लालनपालन, शिक्षा तथा श्रीमतीका रहरहरू पुर्याउँदै आएका थिए । नेपाली त्यही बसमा कन्डक्टर काम गर्दै आएका थिए जसले उनकाे एउटा खुट्टा खाेस्याे ।

मंगलबार मात्र धरान छाता चोकमा भेटिएका नेपाली  भने, ‘करिब ३ वर्षअघि म बसमा सामान्य कर्मचारीको रुपमा काम गर्थेँ । एक दिन अचानक तनहुँको जोगीमारामा बस दुर्घटना भयो र मेरो एउटा खुट्टा गुम्यो ।’

उनी एउटा खुट्टाको सहारामा अर्काे खुट्टाकाे उपचारका लागि सारा नेपाल भौतारिए तर उपचार सम्भव भएन । त्यसपछि भारतको दिल्ली जाने निर्णयमा पुगे उपचारका लागि, तर कोरोनाको प्रकोप र लकडाउनले रोकिदियो ।

नेपाली भन्छन्– ‘मेरो खुट्टा त गुम्यो, गुम्यो । अनुहारमा हड्डीको ट्युमर पनि भयो । उपचारका लागि दिल्ली नै जानुपर्छ तर लकडाउनका कारण रोकिएँ ।’

उनीसँग सहाराका लागि वैशाखी समेत छैन । अरुसँग मागेर काम चलाएका छन् । उनलाई हिँड्न गाह्रो परेको छ । वाथरुम जान समते सकस पर्छ । ‘दुःखको भार पनि हामी गरिब दुखीलाई नै पर्ने रहेछ । राज्यले हामी जस्ता अपांगलाई हेर्दैन ।’

उता सुरक्षाकर्मीले लकडाउनको पालना गराउन हिँड्डुलमा कडाई गरेपछि तिनै अपाङता भएका मानिसहरुलाई समस्या परेको उनी बताउँछन् । विशेषगरि अपाङगता, गर्भवती र सुत्केरी महिलाहरु समस्यामा परेका छन् । विपन्न वर्गका मानिसलाई खानाको समस्या छ भने अन्य कयौँ मानिहरुको बेहाल भएको छ । दैनिक रुपमा ज्याला मजदुरी गरी जिवन बिताउनेहरुको त झनै समस्या छ ।

विभिन्न स्थानीय तहले दैनिक छाक टार्न समस्या भएका परिवारका लागि राहत वितरण गरेको भएपनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो पनि उनीहरुको छ। मेरुदण्डको समस्या, टाउको, ढाड र कम्मरका समस्या भएका ब्यक्तिले नियमति औषधि सेवन गर्नुपर्ने हुन्छ, तर सहजै औषधि प्राप्त हुन नसकिरहेको अवस्था छ ।

उमेरले ६५ कटिसकेका नेपालीले एकजना अपांगता भएका ब्यक्तिसँग सहयोगको लागि अर्को काेही पनि हुन्छ, खोई राज्यले हामीलाई ध्यान दिएको भनेर प्रश्न गरे ।

अब पनि लकडाउन लम्बिने अवस्था आए अपांगता तथा गरीबीको समस्यालाई सकरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने तथा उनीहरुको सुरक्षा र दैनिकिलाई सहज बनाइदिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *