लकडाउन १० दिन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं। सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो। नेपालमा पाँचौँ पटक लकडाउनको अवधि बढाइएको छ।

संक्रमणको जोखिम कायमै रहेको विश्लेषणसहित मंगलबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन यथावत राख्न सरकारलाई सुझाव दिएको थियो। सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि एक हप्ता थपेर चैत्र २५, त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि वैशाख १५ गतेसम्म लकडाउनको अवथि थपिएको थियो। पछिल्लो पटक फेरि १० दिन थप  गरेर वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना निको भएका छन्। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र हजाइ उडानको बन्द पनि कायम रहनेछ। सरकारले अनुमति दिएका बस्तुको आयात भने यसबीचमा अवराेध हुने छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *