पर्सामा थपिएका २ महिनाकाे शिशुसहित १७ जना संक्रमित नै परिवारका सदस्य

वीरगञ्ज । पर्सामा आज थपिएका १७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित सबै परिवार र आफन्त भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । सो क्रममा परीक्षण गरिएका सबैको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

१७ जनासँगै संक्रमित हुनेमा संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन्। उनीहरु सबैजना एकै परिवारका हुन् । उनीहरुलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।

आज नयाँ १७ जना थपिएसँगै नेपालमा संक्रमितहरुको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *