अफगानिस्तानमा पनि बढे कोरोना संक्रमित, एकैदिन १६८ जना नयाँ बिरामी

अफगानिस्तान । अफगानिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्यमा वृद्धि भएको छ । प्राप्त पछिल्लो समाचार अनुसार अफगानिस्तानमा यस भाइरसबाट ३ हजार ३९२ जना संक्रमित भएका छन् ।

राजधानी काबुलबाट प्राप्त समाचारमा अफगानिस्तानमा गएको २४ घन्टामा मात्र १६८ जना बिरामी भेटिएका छन् । सो कुराको जानकारी अफगानिस्तानका स्वास्थ्यमन्त्री वाहिद माजरोहले दिएका हुन् ।

अफगानिस्तानको एक टेलिभिजन टोलोले जनाएअनुसार यहाँ २४ घन्टाभित्र देखिएका यी सबैभन्दा धेरै संख्याका संक्रमित हुन् । यहाँ यस संक्रमणबाट १०४ जनाको ज्यान गएको छ । उक्त टिभीले जनाएअनुसार गएको २४ घन्टामा यहाँका ९ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै ३१ जना निको भएर फर्किएका छन् ।

यस संक्रमणबाट अफगानिस्तानका ४५८ जना नागरिक निको भएर घर फर्किएका छन् । त्यस्तै मन्त्री वाहिदले यहाँका १३ नागरिकमा यो भाइरसको परीक्षण भएको पनि बताएका हुन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *