चन्द्रागिरिमा चितुवाले आक्रमण गरेपछि स्थानीयले मारे

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा नगरपालिका–६ मा स्थानीयले चितुवाको हत्या गरेका छन् । मानिसमाथि आक्रमण गरेपछि चितुवालाई स्थानीयले कुटपिट गरी मारेका हुन् ।

बिहान ७ बजेतिरै चन्द्रागिरि जंगलबाट बस्तीमा झरेको चितुवाले सुरुमा ३ जनालाई घाइते बनाएको थियो । तर दिनभरजसो बस्ती क्षेत्रमै रहेको चितुवाले दिउँसो थप ३/४ जनालाई घाइते बनाएको प्रहरीले बताएको छ । घाइतेमध्ये केही गम्भीर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *