लकडाउनः आज पनि समातिए १३ सय मानिस

काठमाडौं । लकडाउन उल्लंघन गर्ने १ हजार ३ सय बढी मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ । लकडाउनको ४५ औँ दिन आज बिहान उपत्यकाभित्र मात्रै अनावश्यक रुपमा सडकमा निस्किएका १ हजार ३ सय १६ जना मानिसहरु कारवाहीमा परेका हुन् । जसमध्ये ४ सय १५ जना माहिला छन् ।

उनीहरुलाई केही सडकमा उभ्याएर घर फर्काइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै २ सय ८१ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउन चैत्र १८ बाट लम्बिँदै जेठ ५ सम्म पुर्याइएको छ । छैँठौं अवधिको यो लकडाउनमा भने ४३ प्रकारका उद्योगका लागि खुकुलो बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *