अमेरिकामा कोरोनाबारे खोज गरिरहेका चिनियाँ अनुसन्धानकर्ताको हत्या
काठमाडौं। अमेरिकामा एक चिनियाँ अनुसन्धानकर्ता विंग लिउको गोली हानी हत्या भएको छ। कोरोना भाइरसबारे महत्वपूर्ण खोजको नजिक रहेका अनुसन्धानकर्ताको अमेरिकाको पेन्सिलभानियामा हत्या भएको हो।
३७ वर्षीया विंग लिउ पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक हुन्। उनी उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित घरमा मृत भेटिएका हुन्। उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानिएको पाइएको छ। अनुसन्धान अधिकारीका अनुसार आफ्नो कारमा मृत भेटिएका ४६ वर्षीय एक व्यक्तिले लिउको हत्या गरेको हुन्।
लिउको हत्या गरेर फर्किएपछि ती व्यक्तिले पनि आत्महत्या गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। अनुसन्धान अधिकारी सार्जेन्ट ब्रियान कोहलेपका अनुसार उनीहरु एक अर्कालाई चिन्थे। तर लिउ चिनियाँ भएको कारण हत्या गरेकोबारेमा अहिले प्रष्ट भइनसकेको उनको भनाइ छ।
विश्वविद्यालयले शोक व्यक्त गर्दै लिउको हत्याको अनुसन्धान गर्न माग गरेको छ। ‘लिउ सार्स कोभ–२ को संक्रमणसँग जोडिएको कोशिकीय तन्त्रका् अनुसन्धानको दिशामा महत्वपूर्ण तथ्यको नजिक थिए। उनी धेरै प्रतिभावान र परिश्रमी थिए,’ लिउका सहकर्मीले भनेका छन्।