सरकारको नीति तथा कार्यक्रम जेठ २ मा ल्याउने तयारी

काठमाडौं। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २ गते संघीय संसद्मा पेस हुने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस हुने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्नेछिन्। त्यसअघि संसद्मा वैशाख २८, २९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेस गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए।

नीति तथा कार्यक्रम पछि प्रि बजेट छलफल गर्ने परम्परा भए पनि यस पटक कोरोना प्रकोपका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले पहिला प्रि बजेट छलफल गर्न लागिएको हो। कोरोनाका कारण यस पटक सामाजिक दूरी कायम राखेर संसद् सञ्चालन गर्ने तयारी सचिवालयको छ। संसद् अधिवेशन वैशाख २६ गते ४ बजेका लागि आह्वान गरिएको छ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसद् बैठकमा सहभागी हुन सांसदहरूको कोरोना परीक्षण अनिवार्य गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको बिहीबार स्वाब संकल गरिएको छ। उनीहरूको रिपोर्ट शुक्रवार आउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *