भारतीयहरु नेपाल छिर्न गर्न खोजेपछि बारामा प्रहरीद्वारा हवाई फायर

वीरगञ्ज । बारा सीमा नाकाबाट भारतीयहरु छिर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ ।

भारतसँग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछिया भएर भारतीयहरु नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित कवहीगोठ पछगछिया नाका भएर दुई जना भारतीयहरुले आफ्नो खेत भएको भन्दै नेपालतर्फ छिर्न खोजेपछि उनीहरुलाई रोक्न खोज्दा स्थिति तनावग्रत बनेको थियो ।

सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न रोकेपछि भारतीयहरुले थप मानिसहरुसहित आएर सशस्त्र प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट समेत भत्काइदिएका छन् ।अहिले अवस्था सामान्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *