आज नयाँ कोरोना संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । आजसम्म पीसिआर विधिबाट १४ हजार ५०९ स्वाब नमुना परीक्षण गरिएको छ । त्यस्तै आरडिटी विधिबाट ५४ हजार ९४ वटा स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४७, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९, प्रदेश पाँचमा ५७१३, कर्णाली प्रदेशमा ६६०८ र सुदुरपश्चिममा, १४४७२ वटा आरडिटी विधिबाट स्वाब नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

आज मात्रै १ हजार ४५१ वटा नयाँ परीक्षण गरिएको छ । आज नयाँ संक्रमित देखिएका छैनन् । ९९ सय संक्रमित मध्ये ७१ पुरुष २८ महिला रहेका छन् । डिष्चार्ज भएका तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएकोले उनीहरुलाई थप उपचार र निगरानीमा राखिएको छ भने अन्यको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *