कर्मचारीको तलब काटेर श्रम मन्त्रालयद्वारा साढे १४ लाख कोरोना नियन्त्रण कोषमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *