धनगढीमा किट सकियो, कोरोना परीक्षण बन्द

  • अंकुश कुँवर

धनगढी । धनगढीमा किट सकिएपछि कोरोना परीक्षणको काम रोकिएको छ । कोरोना परीक्षणमा आवश्यक आरएनए एक्पेक्सन किट सकिएपछि क्षेत्रीय पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिनमा हुने परीक्षण रोकिएको हो ।

प्रयोगशालामा पीसीआर किट भने मौज्जाद छ । प्रयोगशालाकाअनुसार कोरोना परीक्षणका लागि पीसीआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ । किट सकिएपछि कोरोना परीक्षणका लागि संलकन गरिएका थ्रोट स्वाबका नमुना पनि थन्किएका छन् ।

धनगढीमा कोरोनाको परीक्षण सुरु भएपछि थ्रोट स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन बन्द गरिएको थियो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले किट सकिएकोबारे केन्द्र सरकारसँग जानकारी गराइएको र भोलिसम्ममा आइपुग्ने बताए ।

सुदूरपश्चिममा पछिल्लो समय कोरोना परीक्षणको काम सुस्त गतिमा भइरहेको थियो । अहिले किट नै सकिएपछि परीक्षणको काम नै रोकिएको हो । सुदूरपश्चिममा कोरोना संक्रमित भएका पाँचमध्ये चार जना डिस्चार्ज भइसकेका छन् । एक जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *