सिड्नीमा युवतीमाथि यौन दुव्र्यवहार गरेको अरोपमा एक नेपालीविरुद्ध मुद्दा

काठमाडाैं । अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

गत चैत ५ गते १८ वर्षे एक युवती जागिरका लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् । त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् र उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए । स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।

पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे । त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो । उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरिएकाे एनएस डब्ल्यू डट जिओभी डट एयूले उल्लेख गरेकाे छ । उनी शुक्रबार अदालतमा पुनः उपस्थित भएका छन् ।

पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे । उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमति दिइएको छैन । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *