जिविस पूर्वउपसभापति गड्तौलाको निधन

कलैया । तत्कालीन जिल्ला विकास समिति बाराका पूर्वउपसभापति ध्रुवप्रसाद गड्तौलाको काठमाडौमा आज निधन भएको छ ।

उनी लामो समयदेखि मुटुरोगबाट पीडित थिए । उनी प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत थिए । उनका दुई छोरा र एक छोरी छन् ।

यसैबीच नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले गड्तौलाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाएका छन् । आज एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उनले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *