सांसदसहित ४४१ को रिपोर्ट नेगेटिभ, ६३ सांसदको रिपोर्ट आउँदै

काठमाडौं । २१२ सांसदसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।

संघीय संसदका दुवै सदनका सांसदहररु, संसदका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीको स्वाब बिहीबार र शुक्रबार बिहान संकलन गरिएको थियो । बिहीबार स्वाब परिक्षण गरिएका २१२ सांसदसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार स्वाब संकलन गरिएका ६३ सांसदको रिपोर्ट भने आउन बाँकी छ ।  आज २५१ जनाको स्वाब संकलन गरिएको थियो । सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड १९ को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।

रिपोर्ट नेगेटिभ आएका तथा कोरोना परीक्षण गराएका सांसदहरुले मात्र बजेट अधिवेशनको आज दिउँसो ४ बजे हुने पहिलो बैठकमा प्रवेश पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *