सुदूरपश्चिमबाट अन्तिम बिरामी पनि डिस्चार्ज
मकालु खबर
२०७७ वैशाख २६ गते
- अंकुश कुँवर
धनगढी । सुदूरपश्चिमकी अन्तिम पाचौं कोरोना संक्रमित महिला आज डिस्चार्ज भएकी छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीया महिला अस्पतालमा भर्ना भएको ३५ औं दिनमा डिस्चार्ज भएकी हुन् ।
उनको अन्तिम दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पताललका प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिए ।
डा. जोशीकाअनुसार महिलाको ६ पटकसम्म रिपोर्ट नेगेटिभ आएको थियो । यससँगै सुदूरपश्चिममा संक्रमित भएर अस्पताल भर्ना भएका सबै विरामी डिस्चार्ज भएका छन् ।
यसअघि कञ्चनपुरका ४० वर्षीय पुरुषसहित चार जना सोही अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी सबै कैलालीका संक्रमित थिए । जसमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, लम्कीचुहा नगरपालिकाकाका २१ वर्षीय युवक र सोही ठाउँकी ६५ वर्षीय महिला थिए ।
मकालु खबर
२०७७ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित